Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अभिनेत्री स्वेता खड्काले विवाहको अघिल्लो दिन भावुक सन्देश लेखेकी छिन्।

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 6, 2020
in कला
15
0
12
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सोमबार उनको धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह हुँदैछ। दोस्रो विवाह गर्न लागेकी उनले विवाहको पूर्वसन्ध्यामा लामो स्ट्याटस लेख्दै जीवनका बिभिन्न आरोह अवरोह, उकाली ओराली, सुख दुःख अनि हाँसोरोदनका पलहरुलाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा उभिएको बताएकी छन्।

नायिका खड्काले नायक श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। तर बिहे भएको १ महिनापछि नै ब्लड क्यान्सरका कारण त्यही सालको साउन २५ गते नायक श्रेष्ठको निधन भएको थियो।

यस्तो छ उनको फेसबुक स्टाटसस्

जीवनका बिभिन्न आरोह(अवरोह , उकाली(ओराली , सुख(दुस्ख अनि हाँसो(रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुस्ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ुअचानोको पिँडा खुकुरीलाई थाहा हुन्नु भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । ूके म यसो गर्न सकुँला र रुू आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ू कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।ू अतस् मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमशस् अगाडि बढ्दै गएँ ।

ुएक्लै जीवन काट्न सकिन्छु भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । ूअब उठ्नै सक्दिन कि ू भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग रु मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अतस् मेरो हरेक दुस्खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

ूमेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुनस् सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र रु फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र रु अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनस् फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र रु लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र रुू म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दुस्ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुस्खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ ूके यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र रुू

मलाई थाहाछ ुश्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छु भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वतस् हार खानेछन् ।

अतस् कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरीरचेली

श्वेता खड्का

Previous Post

उपभोक्ताका घरघरमै दाउरा पुर्याउँदै कञ्चनपुरको एक सामुदायिक वन

Next Post

आज – २२ मंसिर २०७७ सोमवार को राशिफल

Next Post

आज - २२ मंसिर २०७७ सोमवार को राशिफल

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

by सागर देबकोटा
मे 21, 2025
0

अछाम , – पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विशेष निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको...

Read more

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

मे 14, 2025

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

मे 8, 2025

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In