Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

उपभोक्ताका घरघरमै दाउरा पुर्याउँदै कञ्चनपुरको एक सामुदायिक वन

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 6, 2020
in समाज
15
0
12
SHARES
19
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कञ्चनपुर : वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिला सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर र कृष्णपुर नगरपालिका–२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार दुवै नगरपालिकाका उपभोक्ताको  घरघरमै दाउरा पुर्याउँदै आएको हो । उपभोक्ता आफैँले वन क्षेत्रमा छिरेर दाउरा सङ्कलन गर्दा वन पैदावारसँग जीवजन्तुका बासस्थानमा असर पर्ने भएको हँुदा उपभोक्ताले माग गरेअनुरूपको दाउरा घरसम्मै ढुवानी गर्दै आएको सामुदायिक वनका अध्यक्ष अर्जुनबहादुर साउदले बताए । 

“वन कार्ययोजनाअन्तर्गत वार्षिकरूपमा वन व्यवस्थापनका क्रममा झाडी सफाइ गर्ने, एक्ल्याउने, पत्ल्याउने र ढलापडा रुख सङ्कलन गरेवापत सङ्कलन हुने दाउरा उपभोक्तालाई उपलब्ध गराउँदै आएका छौँ”, उनले भने, “उपभोक्ताको आर्थिक हैसियतले भ्याउने गरी  प्रतिडनलव दाउरा एक हजार ६१० रुपैयाँमा उपभोक्ताको घरमै उपलब्ध हुँदै आएको छ ।” 

अनावश्यकरूपमा वन प्रवेशमा रोक लगाइएपछि वन संरक्षण र वन्यजन्तुको बासस्थान जोगाउन मद्दत पुगेको उनले बताए । दाउरा वनमै उपभोक्तालाई सङ्कलन गर्न दिँदा विगतमा चोरी सिकारी र काठ दाउरा तस्करी बढ्दो क्रममा रहेको थियो । त्यो कामसमेत पूर्णरूपमा रोकिएको छ । “पहिलाजस्तो काठ दाउरा ल्याउन परे वनमा जानै पर्दैन”, अध्यक्ष साउदले भने, “लोड–अनलोड, कटान र ढुवानी सबै वनले नै गरिदिन्छ ।” 

उपभोक्ताको घरमै पुगेर दाउरा भए/नभएको जानकारी लिनसमेत भ्याउने भएकाले सोहीअनुरूप वनमा दाउराको व्यवस्थासमेत मिलाउने गरिएको छ । वनले दाहसंस्कारका लागि उपभोक्तालाई निःशुल्क दाउरा उपलब्त्त गराउँदै आएको छ । दुई नगरपालिकामा फैलिएको वनमा चारवटा टोल छन् ।

साढे तीन सयभन्दा बढी उपभोक्ता रहेको वनले उपभोक्ताको मागअनुसार बेलाबेलामा भुइँघाँस रुखघाँससमेत उपलब्ध गराइरहेको छ । यसका लागि प्रतिभारी रु १० तोकेको छ । दुई सय हेक्टर क्षेत्रफलमा फैलिएको वनले गणेशपुर, ओखरफाँटा, नन्दीपुर र सन्धिफाँटाका उपभोक्तालाई संरक्षण र उपयोगमा सँगसँगै जोडेको छ ।

Previous Post

बोगटानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप दुर्घटना

Next Post

अभिनेत्री स्वेता खड्काले विवाहको अघिल्लो दिन भावुक सन्देश लेखेकी छिन्।

Next Post

अभिनेत्री स्वेता खड्काले विवाहको अघिल्लो दिन भावुक सन्देश लेखेकी छिन्।

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In