Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

१३ वर्षपछि राजेश हमालले फेरे गाडी

अछाम टुडे by अछाम टुडे
नोभेम्बर 27, 2021
in कला
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हलिउड र बलिउडका सेलिब्रेटीहरु संसारकै महंगो मानिने गाडीमा हुँइकिने गरेका छन् । उनीहरु एउटा गाडी त्यति लामो समय प्रयोग पनि गर्दैनन् । बजारमा आउने विभिन्न कम्पनीका नयाँ-नयाँ मोडलका गाडीहरु उनीहरुले किन्ने गरेको पाइन्छ । नेपाली फिल्मका कलाकारहरु पनि गाडीका सौखिन छन् । ३५ लाखदेखि ८५ लाखसम्मको गाडीमा हुँइकिने कलाकारहरु यहाँ धेरै छन् । तर, नायक राजेश हमालले भने विगत १३ वर्षदेखि एउटै गाडी प्रयोग गर्दै आएका थिए । जीप गाडी मनपर्ने उनले १३ वर्ष अगाडि सन् २००० मा कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी खरिद गरेका थिए । फिल्मको छायांकनदेखि नेपालका विभिन्न ठाउँमा हुने कार्यक्रममा उनी यही गाडी चढेर जाने गरेका थिए । कतिपयले उनलाई नयाँ गाडी खरिद गर्न लोभ गरेको समेत भन्ने गरेका थिए ।  अब भने उनले पुरानो गाडीलाई विदा गरेर घरमा नयाँ गाडी भित्राएका छन् । उनले जीप कम्पास गाडी खरिद गरेका हुन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट जीप कम्पासको डेलिभरी लिए । ‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा निकै सुन्दै आएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट एकदमै प्रभावित छु,’ उनले भने । चार वर्षपछि फिल्म ‘सत्यम्’ बाट अभिनयमा फर्किने तयारीमा रहेका उनले जीप कम्पास ८४ लाखमा खरिद गरेको जानकारी प्राप्त छ । केही समय अगाडि सुपरस्टार भुवन केसीले पनि जीप कम्पास खरिद गरेका थिए । पछिल्लो समय नेपाली कलाकारहरुको रोजाई बनेको यो गाडीको बजार मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको बताइएको छ ।

Previous Post

सलमानको ‘अन्तिम’ लाई कति तिरेर नेपाल ल्याइयो- अछाम टुडे

Next Post

एमाले महाधिवेशन : सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

Next Post

एमाले महाधिवेशन : सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In