काठमाण्डौ – साफ च्याम्पियनशिप फुटबलमा नेपालसँगको खेलमा बङ्गलादेशले अग्रता लिएको छ । मालेमा रहेको राष्ट्रिय रङ्गशालामा अहिले भइरहेको खेलमा बङ्गलादेशले खेलको नवौँ मिनेटमा नै अग्रता लिएको हो ।
बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । फाइनल प्रवेशका लागि नेपालले कम्तीमा बराबरी खेल्नुपर्छ ।
नेपाल अहिलेसम्म साफ च्याम्पियनशिपको फाइनलमा पुग्न सकेको छैन ।
प्रतिक्रिया