बिनिता पोख्रेलको गजल अलिकती शरम राख गजल
एक हातमा घाउ राख अर्को हातमा मल्हम राख
सपनीको देशमा पुग्न, आगोमाथी कदम राख
चाँदीहार राख्छन् कोही, कोही फूल सिउरिन्छन्
छोरी तिमी सँधै एउटा, चूल्ठोमाथी कलम राख
चट्टान फोरी आएको हुँ, तुफान छिचोलेर जान्छु
म रोकिन्न दोबाटोमा, चाहे तिमी बम राख
यो बाग(बगैंचा यो ऋंगार, यो दरबार तिम्रै हो
तर ऐना अघी उभींदा, अलीकती शरम राख्
प्रतिक्रिया