काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । जसपाको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेसँगै जसपा विभाजन भएको हो । नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा निवेदन दिएको छ ।
ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । ठाकुर पक्षका एक नेताका अनुसार अब नयाँ पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ । राजेन्द्र महतो नयाँ पार्टीमा वरिष्ठ नेता बन्ने निश्चित भएको छ ।
प्रतिक्रिया