काठमाडौं । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज विहान विमानस्थलको विशिष्ट कक्षमा विद्युतसर्ट भएर आगलागी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाले जानकारी दिनु भएको छ ।
बिहान साढे ६ बजेतिर लागेको आगो १० मिनेटमै नियन्त्रणमा आएको थियो । आगलागीबाट विशिष्ट कक्षका केही उपकरण र फर्निचर नोक्सान भएका छन् । तर विमानस्थलको सेवा जारी नै रहेको छ । RadioKathmandu
प्रतिक्रिया