एमाले भित्र लामो समयदेखि देखिएको विवाद अझै समाधान हुने छाँट देखिएको छैन । कार्यदलले १० बुदे सहमति गरेपनि व्यवहारमा लागू हुने संभावना नरहेको हो ।
एमालेले देउवाको पक्षमा मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर माधव समुहका सांसदहरुले स्पष्टीकरण नदिने निर्णय गरे ।
बरु उल्टै २२ सांसदले एमालेको एकता कायम राख्ने हो भने अध्यक्ष केपी ओलीले राजीनामा दिनु पर्ने शर्त अघि सारेको छ ।
जुन ओली समुहले स्वीकार गर्ने संभावना कम छ । यस्तोमा एमाले एकताको संभावना थप जटिल बन्न सक्ने देखिएको छ ।
पार्टी एकता नभए नयाँ कदम चाल्न सक्ने तयारी पनि माधव समुहले थालेको छ । संभवत आजैबाट उनीहरु आन्तरीक छलफलमा जुट्ने एक नेताले दाबी गरे ।
एमालेले देउवाको पक्षमा मत हाल्ने सांसद पार्टीको हुन नसक्ने निष्कर्ष निकालेको थियो । देउवालाई मत दिनेमा यस अघि ओली समुहमा रहेका सांसदहरु पनि रहेका छन् । मिर्मिरे अनलाइन
प्रतिक्रिया