अछामको तुर्माखाँद गाउँपालिका का इन्जिनियर हिक्मत बहादुर बुढाले आत्महत्या गरेका छन। गाउँपालिका को कार्यालय नजिकै आफू बस्दै आएको कोठामा उनले सोमबार दिउँसो झुन्डिएर आत्महत्या गरेको तुर्माखाँद प्रहरिले जनाएको छ।
पन्चदेवल बिनायक नगरपलिका स्थाइ घर भएका बुढा तुर्माखाँद भाडामा बस्दै आएका थिए। सोमबार बिहानको खाना खाएर कोठामा गएका बुढा तीन चार दिन देखि अस्वस्थ रहेको बुझिएको छ। दिउसोको समयमा आयोजनाको फाइलमा हस्ताक्षर गराउन उनको कोठामा गएका एकजना प्राबिधिकले झुन्डियको अवस्थामा देखेपछी प्रहरी लाई खबर गरेका थिए। जिल्ला बाट प्रहरिको टोलि आउदै गरेकोले अहिले घटना स्थललाइ सिल गरि कसैलाइ घटनास्थल प्रवेश गर्न दिइएको छैन।
सम्पन्न परिवारका बुढा पारिवारिक रुपमा अविवाहित हुन।इन्जिनियर बुढाले के कारण आत्महत्या गरे भन्ने खुलेको छैन यद्यपि उनी केही दिन देखि तनाबमा जस्तो देखिएको बुझिएको छ।
प्रतिक्रिया