रिजन धामी अछाम ; विश्व हिन्दु युवा संघले प्रिन्स शाही ठकुरीलाई विश्व हिन्दु लियो क्लबको कर्णाली प्रदेशको अध्यक्ष नियुक्त गरेको छ ।
कालिकोटका ठकुरीलाई संघले आज कर्णाली प्रदेशमा हिन्दु जागरण अभियान सञ्चालन गर्ने, संघले निर्माण गरेको विधान अनुसार काम गर्नेगरी अध्यक्षमा नियुक्त गरेको हो ।
ठकुरी केही समयदेखि विश्व हिन्दु लियो क्लबमा आवद्ध थिए । उनको कार्य कुसलताको मुल्यांकन गर्दै संघले अध्यक्ष नियुक्त गरेको हो । अध्यक्ष नियुक्त भएपछि ठकुरीले देशको धर्म, संस्कृति र पहिचानको रक्षार्थ आफुले काम गरिरहने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया