अछामः पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा बेवारिसे अवस्थामा फेला परेको मृगको पाठो आज छोडिएको छ । कालिकास्थानको खालीगडा बस्ने ५८ वर्षका जय बहादुर बिष्टको वाख्रा गोठमा हिजो राति पसेको थियो ।
आज निज जय बहादुर बिष्टले सव डिविजन कार्यालय विनायकमा जानकारी गराउनुभएको थियो । डिविजन वन कार्यालयको आदेशअनुसार ईलाका प्रहरी कार्यालय विनायक र पत्रकारलाई जानकारी गराई उक्त्त मृगको पाठो कालिका सामुदायिक वनको बिचमा छोड्ने आदेश दिएअनुसार उक्त्त मृगको पाठोलाई छोडिएको हो ।
पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानका वडाध्यक्ष सज्जन बहादुर शाही, ईलाका प्रहरी कार्यालय विनायकका ईन्चार्ज भरत बहादुर रोकाय, सव डिविजन कार्यालय विनायकका वन रक्षक धर्मराज सिजापति, पत्रकार र स्थानियको रोहोबरमा छोडिएको छ ।
प्रतिक्रिया