काठमाडौँ । विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरुले आज ९बिहीबार० काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल ९क्रान्तिकारी०, नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल ९छैठौं०ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारका ‘असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी हर्कत’का विरुद्ध प्रदर्शन गर्न लागिएको ५ विद्यार्थी संगठनका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।
कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड ९सामाजिक दुरी० पालना गरी विरोध प्रदर्शन गरिने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया