अछाम ; अछामको एक सहकारी र तीन लगुवित्तका पोष्टर च्यातिएको छ। नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सहकारी र लगुवित्तका पोष्टर च्यातेर आगो लगाएका हुन्।
ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्त र पोष्टर च्यातेका अछाम प्रहरीले बताएको छ।
वित्तीय संस्थाहरुलाई कार्वाही गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत बिहीवार पूर्वी अछामका ४ वित्तीय संस्थाका पोष्टर च्यातिएको पार्टीले बताएको छ। अछाममा यसअघि पनि नेकपाका कार्यकर्ताले छिमेक लघुवित्त र एनएमबी लघुवित्तमा तालाबन्दी गरेका थिए।
प्रतिक्रिया