अछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना खेपेको पालिकाले यसपटक बजेट अघि सबै सरोकारवालाबाट सुझाव संकलन गर्दै समावेशी र प्रभावकारी बजेट ल्याउने तयारी गरेको हो।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीका अनुसार, यस वर्ष बजेट निर्माण गर्दा राजनीतिज्ञ, पूर्व जनप्रतिनिधि, शिक्षक, कर्मचारी, किसान, व्यापारी, युवा, बुद्धिजीवी, र स्थानीय जनताको रायलाई प्राथमिकता दिइनेछ।
अध्यक्ष बिसीको भनाइ
“विगतको बजेट जनअपेक्षाअनुसार नबनेको गुनासो थियो। अबको बजेट सुझाव र समिक्षाका आधारमा बनाइनेछ। स्रोतको सीमितता बीच पनि सर्वसाधारणका समस्यामा केन्द्रित हुन्छौं।”
अध्यक्ष बिसीले पहुँच र प्रभावका भरमा बजेट बाडफाँड नगरिने प्रतिबद्धता जनाएका छन्। अब आवश्यकता र प्राथमिकताको आधारमा बजेट वितरण हुने जनाउँदै उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र युवाका विषयलाई प्राथमिकता दिने बताएका छन्।
कार्यक्रममा पूर्व अध्यक्ष पुस्पराज शर्माले स्थानीय सरकारको प्रयासको समर्थन गर्दै आवश्यक परे साथ दिन आफू सधैं तयार रहने बताए। उनले समृद्ध पालिका बनाउने साझा लक्ष्यमा सबै दल र नागरिक एकजुट हुनुपर्ने धारणा राखे।
कार्यक्रममा उठेका केही प्रमुख माग र सुझावहरू
शिक्षा क्षेत्रमास् शिक्षकमा हुने विभेद अन्त्य र गुणस्तरीय शिक्षाको प्रवर्द्धन
युवातर्फस् खेलमैदान निर्माण, रोजगारीमूलक कार्यक्रम, युवा सहभागिता
कृषिमास् किसानलाई अनुदान, तालिम र बजार पहुँच
विकासमास् पहुँच होइन, आवश्यकता हेरी बजेट बिनियोजन
कार्यक्रममा कांग्रेस, एमाले, माओवादी, नेकपा र अन्य दलका नेताहरू, समाजसेवी, व्यापारी, किसान, युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रमको समन्वय जीवन न्यौपानेले गरेका थिए।
यसरी जनतासँग प्रत्यक्ष संवादमार्फत बजेट निर्माणको प्रक्रिया अघि बढाउनु स्वागतयोग्य प्रयास हो, जसले पालिका र जनताको सम्बन्ध झनै बलियो बनाउने अपेक्षा गर्न सकिन्छ।



प्रतिक्रिया