
अछाम, असार ६ – पञ्चदेवल विनायक नगरपालिका, अछामको नगरसभा अन्तर्गत १४औं अधिवेशन आज मिति २०८२ असार ०६ गते सम्पन्न भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक साथै अन्य विभिन्न ऐन तथा नियमावलीहरू प्रस्तुत गरी छलफलसहित पारित गरिएको हो।
नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, कर्मचारी, महिला प्रतिनिधि, विभिन्न समितिका सदस्यहरू र सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनको प्रारम्भमा राष्ट्रगान बाट कार्यक्रम आरम्भ गरिएको थियो भने, प्रस्तुत गरिएका नीति तथा कार्यक्रमहरूमा जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाइएको नगर प्रमुखद्वारा स्पष्ट पारिएको थियो।

सभामा सहभागी वक्ताहरूले बजेट बिनियोजन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार र लैङ्गिक समानताका विषयमा महत्वपूर्ण सुझावहरू राखेका थिए।
अधिवेशनले पालिकालाई अझ उत्तरदायी, पारदर्शी र समावेशी बनाउने प्रतिबद्धता समेत जनायो।

प्रतिक्रिया