सागर देबकोटा अछाम पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर १ कुईका लाम्पाटामा बाढीपहिरोका कारण खेतीपाती र घरबासमा क्षती पुगेको छ । मध्य पहाडी लोकमार्ग निर्माणका कारण उक्त बस्तीका घर जग्गा असुरक्षित भएका हुन् ।
यहाँ करिब २१ घरधुरि रहेका छन । बिगतको बर्षझै यो बर्ष पनि बर्खायाम लाग्दै ठूलो पानी परिरहेको छ । यही बस्तीको १०० मिटर माथी मध्यपहाडी राजमार्ग पर्दछ । माथि पट्टिको सडकमा जिल्ला प्रशासन लगायत सरकारि निकायका गाडिहरु नियमित गुडिरहेका हुन्छन तर कसैको पनि आँखा यो टोलमा नपरेको पीडितहरूको गुनासो छ । धेरै मिहिनेत गरेर लगाएको खेती र घर समेत बाढिले लिएको र बर्खा लाग्दै बर्सेनि बाढिले दुख दिने गरेको स्थानिय क्षेत्रराज ढकालले बताउनुभयो ।
रातको समयमा भागा–भाग हुँदा हामीले बालबच्चा मुस्किलले बचाउन सक्यौँ, तत्काल सरकारले हाम्रो उद्दार गरोस् ।। अहिले स्थानिय सरकारले अनुगमन गरेता पनि त्यो केवल अनुगमनमा मात्रै सिमित हुन्छ कि भन्ने बुझाई हुन थालेको स्थानिय मनराज ढकालले भन्नुभयो ।
बाढी पहिरोबाट प्रभावित बस्तिमा आवश्यक सहयोग गर्न स्तानिय सरकार लागि परेको छ। तत्काल जोखिममा रहेका लाम्पाटाका २१ घरधुरी र गुरुथापेका १० गरि जम्मा ३१ घर धुरी लाई ३१ वटा त्रिपाल वडा कार्यलय बाट बितरण गरिएको वडा सदस्य बेदप्रकाश तिमिल्सिनाले जानकारी दिनुभयो ।
मनसुन अझै केहि दिन रहने भएकाले बाढि र पहिरोबाट थप क्षति हुन नदिन स्थानिय सरकारले तत्काल कार्य योजना बनाएको, बाढी पीडित लाई राहत दिलाउन पनि बडा बाट गर्न सक्ने पहल भैरहेको र थप नगरपालिका लाई पनि सहयोगको लागी पहल गरिरहेको वडा अध्यक्ष लक्ष्मीकान्त देबकोटाले बताउनुभएको छ ।
प्रतिक्रिया