#सहयोगको #लागि #अपिल नमस्कार , म तारा ढकाल देबकोटा । मेरो घर अछाम जिल्लाको पंचदेवल विनायक नगरपालिका वडा नम्बर – १ कुइका हो । २ हप्ता अगाडि मेरो बच्चा (छोरा) को जन्म दिएँ। जन्मेकै दिन बिरामी भएको मेरो छोरा लाई ४ दिन जिल्ला अस्पताला भर्ना गरेर उपचार गरियो । जिल्ला अस्पताल ले पनि हामी उपचार गर्न सक्दैनौं भनेर नेपालगन्ज लिन भनेपछि बिगत ७ दिन देखि मेरो बच्चाको उपचार नेपालगन्ज मेडिकल कलेजको नेपालगंज स्थित शिक्षण अस्पताल ( नर्सिङ होम ) मा NICU मा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । म छोरालाई बचाउन चाहान्छु । तर आर्थिक अभाव का कारण मैले छोरा गुमाउने अवस्था छ । भारतको मुम्बईमा काम गर्ने मेरा श्रीमान र गाउँ बाट ऋण , सापटी लिएको रुपैयाँ उपचरमै सकियो । अझै ३/४ लाख खर्च लाग्ने जस्तो छ। तर आफू संग केही छैन । फेरि पनि यहाँ हरुको सहयोग पाए मेरो छोरालाई बचाउन सकिन्थ्यो भन्ने आस छ । हजुर हरु बाट सहयोगको अपेक्षा गरेकी छु । हजुर , छोरा बचाईदिनुहोस !! हजुरहरुले कसैले सहयोग गर्नु हुन्छ भने मलाई सम्पर्क गरिदिनुहोला मेरो नम्बर 9848402579/ 9868217099 Esewa No 9868217099
मानव अधिकार तथा शान्ति समाजको नागरिक सम्बाद कार्यक्रम मंगलसेनमा सम्पन्न ।
टंक प्रसाद रिमाल अछाम - मानव अधिकार तथा शान्ति समाज अछाम द्वारा आयोजित बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोग...
Read more
प्रतिक्रिया