Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सुरु

by अछाम टुडे
May 31, 2021
in प्रदेश
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


दार्चुला । हिंसा र बलात्कारका घटना बढ्न थालेपछि दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम दिन थालिएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको तालिमका प्रशिक्षक मोनिका पडले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरणमा दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका छ वटा विद्यालयमा किशोरीलाई प्रतिरक्षा तालिम दिइदैछ ।

सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) सँगको सहाकार्यमा गुड नेवर्सको प्राविधिक सहयोग तथा प्रहार संस्थाको समन्वयमा किशोरी तथा बालिकाहरुलाई विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको हो । दार्चुला घर भएका विद्यार्थी नेता पालले धनगढीमा आत्मरक्षा तालिम लिएर अहिले जिल्लास्तरमा विद्यार्थी, किशोरीहरुलाई प्रशिक्षण गरिरहनुभएको छ । एउटा विद्यालयमा दुई दिनसम्म दिइने तालिममा बालिका र किशोरीले यौनहिंसा भएमा वा कसैले बलात्कार प्रयास गरेमा प्रतिकार कसरी गर्ने भनेर सिकाइदैछ ।

गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने १३ वटा विधि र १६ वटा बच्ने उपाय गरी तालिममा २९ वटा विधिका बारेमा सिकाउने गरिएको प्रशिक्षक पालले बताउनुभयो । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्नेलगायतका उपाय आफूहरूले तालिममा सिकाइरहेको अर्का प्रशिक्षक मोनिका ओडले बताउनुभयो । तालिममा किशोरी तथा बालिकाहरुको उत्साहजनक सहभागिता छ ।

हालसम्म छ वटा विद्यालयका अाठ सय बढी किशोरी विद्यार्थी दुई दिने आत्मरक्षा तालिममा सहभागि भएका छन् । राष्ट्रिय मावि दत्तु, सरस्वती मावि सेलिचामा,मालिकार्जुन मावि मडमा, शंकरपुर मावि पस्ती, कृष्ण मावि डाडाकोट र सरस्वती मावि उकुमा तालिम दिइने प्रशिक् तालिम सम्पन्न भएको छ । हिंसाको प्रयास भए प्रतिकारको पूर्वतयारी अपनाउँदा धेरै सहज हुने विश्वास विद्यार्थीमा बढेको छ ।

कसैले हिंसा वा बलात्कारको प्रयास गर्न खोजे प्रतिकार गर्ने तरिकाको बारेमा तालिमबाट जानकारी पाइएको मालिकार्जुन माबि मडका छात्रा मोनिका वड बताउनुभयो । आत्मरक्षा तालिमबाट शिप विकासका साथै आत्मबल समेत बढेको उहाँको भनाई छ । आत्मरक्षा तालिम सबै किशोरीका लागि आवश्यक रहेको अर्का विद्यार्थी कल्पना पाल बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा दुई वटा किशोरी बलात्कारजन्य घटनाबाट पिडित भएका छन् ।

घरभित्र र बाहिर बालिका बलात्कारका घटना बढ्न थालेपछि प्रतिकारका लागि आत्मरक्षा तालिम आवश्यक रहेको राष्ट्रिय माबि दत्तुका किशोरी देवकी चैसिरले बताउनुभयो । दुई दिनमा धेरै व्यवहारिक कुरा सिक्न नपाएको बताउदै उहाँले कम्तिमा पनि एक हप्ताका लागि प्रतेक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

Previous Post

पुल्लेतोला स्वास्थ्य चौकिमा अतिआवश्यक सेवाहरु बाहेकका सेवा बन्द

Next Post

एसईई गएकाे वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

Next Post

एसईई गएकाे वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

प्रतिक्रिया

ताजा समाचार

विशेष

Tornado Cash mixer Ensuring Privacy and Security in Your Crypto Journey.html

by maximixer789
November 30, 2023
0

TORNADO.CASH: PROTECTING YOUR CRYPTO PRIVACY WITH ANONYMITY In the fast-paced world of cryptocurrencies, privacy and security are essential factors for...

Read more

गोरख बक्स गणद्धारा आयोजित मैत्रिपूर्ण भलिबल प्रतियोगितमा अछाममा सम्पन्न

November 30, 2023

Best Cryptocurrency Mixer in 2023.html

November 29, 2023

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

November 27, 2023

दैलेखमा श्रीमान् श्रीमतीको झगडामा श्रीमानको ज्यान गयो

November 27, 2023

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार कोरोना खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In