कैलाली–कञ्चनपुरका किसानले धानको बिउ राखिसकेका छन्। किसानहरु मल–खाद्यको जोहो गर्दैछन्। तर सुदूरपश्चिममा यो पटकको बर्खामा पनि मलको अभाव हुने देखिएको छ।
कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले मलको आपूर्ति गर्न नसकेका हुन। साल्ट ट्रेडिङ धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले मलको मौज्दात न्यून रहेको बताए। ‘मौज्दातमा त हामीसँग डिएपी २ सय ३ बोरो मात्रै छ। जगेडा भनेर राखिएको हो। युरिया छैन। आउनेक्रममा छ,’ उनले भने।
कैलालीमा मात्र १८ हजार मेट्रिकटन डिएपी, १५ हजार मेट्रिकटन युरिया र पाँच हजार मेट्रिकटन पोटासको माग छ। तर प्रदेशमा मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले मलको आपूर्ति गर्न सकेका छैनन्।
अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गर्दै आएको छ। भारतबाट मलको आपूर्ति सहज नभको दाबी गरिएको छ। ‘भारतबाट २६ हजार पाँच सय मेट्रिक टन पहिलो चरणमा आउने हो। सुदूरपश्चिमको २ हजार २ सय तीन मेट्रिक टन कोटा हो,’ जोशीले भने।
प्रतिक्रिया