काठमाडौं गएर सिएमए उत्तीर्ण गरेका फिर्तुरामले स्वास्थ्य सेवामा सरकारी जागिर पाउन नसकेपछि गाउँमै फर्किएर ६ वर्षसम्म मेडिकल सञ्चालन गरेका थिए ।
स्वास्थ्यकर्म छोडेर कृषिमा जमेका फिर्तुराम गौरीगंगा नगरपालिका वडा नं। १० भगतपुरका ३४ वर्षीय शिक्षाले स्वास्थ्यकर्मी हुन् । तर उनी कृषिमा जमेका छन् ।
उनले ६÷७ वर्षदेखि व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । स्वास्थ्य सेवा भन्दा बढि कृषिबाट आत्मसन्तुष्टी प्राप्त भएको फिर्तुरामले बताए । ‘परिवारसंगै काम गर्न मिलेको छ,’ उनले भने, ‘आम्दानी पनि भएकै छ । एक सिजनमा लगानी कटाएर कम्तिमा दुई लाख ७० हजार कमाउन सकिएकै छ । उपभोक्तालाई अर्गानिक र स्वस्थ तरकारी खुवाउन पाइएकै छ । अरु काम भन्दा यसमा मलाई सबै भन्दा बढि सन्तुष्टी मिलेको छ ।’
काठमाडौं गएर सिएमए उत्तीर्ण गरेका फिर्तुरामले स्वास्थ्य सेवामा सरकारी जागिर पाउन नसकेपछि गाउँमै फर्किएर ६ वर्षसम्म मेडिकल सञ्चालन गरेका थिए । मेडिकल राम्रै चलेको भएपनि ल्याब सेवा उपलब्ध नभएपछि मेडिकल बन्द गरेर काठमाडौं हानिएका थिए । ‘ल्याबमा नमुना परीक्षण बिना औषधि दिन उचित लागेन । ल्याब सेवा उपलब्ध थिएन । त्यसपछि मेडिकल बन्द गरे ।’ उनले भने, ‘काठमाडौं गएर निजी अस्पतालमा दुई वर्ष जागिर गरे । गाउँमा आमा र श्रीमति मात्रै बस्नुपर्ने भयो । परिवारको रेखदेख गर्नको लागि जागिर छोडेर घर फर्किए । त्यसपछि तरकारी खेती शुरु गरें ।’
दुई कट्ठा जमीनबाट तरकारी खेती गरेका फिर्तुरामले अहिले १६ कट्ठा जमीनमा तरकारी खेती गरेका छन् । ‘शुरु शुरुमा कम लगाउथे । कम उत्पादन हुन्थ्यो । साइकलमा तरकारी राखी घर घरमा गएर विक्री गथ्र्ये,’ उनले भने, ‘तरकारी उत्पादन गर्ने नयाँ टेक्नोलोजी सिकेपछि तरकारी खेतीको जमीन पनि बढाएको छु । उत्पादन पनि बढि हुन थालेको छ । अब घर घर गएर तरकारी बेच्न सकिने अवस्था छैन । व्यापारीहरुले फोनमा अडर दिन्छन् । मोटरसाइकलमा राखेर पु¥याएर आउछु ।’
फिर्तुरामले उत्पादन गरेको तरकारी बढैपुर, मसुरिया, पहलमानपुर, सुख्खड र चौमाला बजारमा खपट हुन्छ । उनले बोडी, लौका, टमाटर, करेला, भन्टा, फर्सी, काउली, बन्दा, साग, भेडे खुर्सानी, खुर्सानी, कांक्रा लगायतका तरकारी उत्पादन गर्ने गरेका छन् । उनले आम किसानले तरकारी उत्पादन गर्ने समय भन्दा फरक समय पारेर तरकारी उत्पादन गर्ने गरी खेती गर्ने गरेको बताए । यसले गर्दा बजारमा राम्रो मुल्य पाउने गरेको उनले बताए । चार वटा टनेलभित्र खेती गर्ने गरेका उनले एउटा बाली निकालेर नसकिदै अर्को तरकारी रोप्ने गरेका छन् । उनले जमीन खाली नहुँदै अर्को तरकारी रोपेर उत्पादन गर्दा वर्षको चार बालीसम्म लिन सकिने गरेको उनले बताए ।
आफू, आमा, श्रीमती र एक छोरा गरी चार जनाको परिवार रहेको फिर्तुरामले तरकारी उत्पादन गरेर कृषि उपकरणहरु पनि जोड्न सफल भएका छन् । उनले तरकारी खेती उत्पादन गरी विक्री गर्न किसानहरुलाई भारतीय तरकारी सस्तो दरमा आउने गर्नाले चुनौतिपूर्ण रहेको बताए । उनले बेमौसममा तरकारी उत्पादन गर्दा बजारमा बेच्न सजिलो हुने गरेको बताए । उनले किरा र रोगबाट तरकारी बचाउनका लागि जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताए । ‘जैविक विषादी बनाउन बकाइनो, निम, प्याज, लसुन प्रयोग गर्छौ,’ उनले भने, ‘रसायनिक विषादी प्रायः प्रयोग गर्दैन । धेरै किरा लागेर जैविक विषदीले काम नगरेपछि मात्रै रसायनिक विषादी प्रयोग गर्छु ।’
फिर्तुरामले उत्पादन गरेको तरकारी बेच्नका लागि दीगो विकास समाज र वल्र्ड भिजनको सहकार्यमा सञ्चालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाबाट कृषि एम्बुलेन्स पनि प्राप्त गरेका छन् । उनले २०८० बैशाख १० गते कृषि एम्बुलेन्स प्राप्त गरेको बताए । उनले गाउँका अन्य किसानले समेत उत्पादन गरेको तरकारी लगायतका कृषि उपजहरु बजारसम्म लैजान थालेको बताए । उनलाई कृषि उत्पादन बढाउन नयाँ प्रविधि सम्बन्धी तालीम दिनुका साथै उपकरणहरु समेत परियोजनाले सहयोग गरेको छ ।
प्रतिक्रिया