माधव तिमिल्सैना
अछामः पुल्लेतोला स्वास्थ्य चौकिबाट प्रदान गरिने अतिआवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवा अर्को सुचना नआएसम्मका लागि बन्द गरिएको छ ।
स्वास्थ्य चौकिमा कार्यरत ३ जना कर्मचारीमा २ जना कोरोना पोजेटिभ भएको र १ जना सुत्केरी बिदामा रहेकोले सेवा वन्द गर्नुपरेको स्वास्थ्य चौकिले १ सुचना सार्वजनिक गर्दै जानकारी दिएको हो ।
अब स्वास्थ्य चौकिबाट प्रसुती सेवा र नियमित खोप सेवा तथा अतिआवश्यक सेवाहरु मात्र प्रदान गरिने छ । जेठ ४ गते ३९ जनाको स्वाब संकलन गरिएकोमा ३८ जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य चौकिले स्वास्थ्य मापदण्ड अपनाई बसिदिन अनुरोध गरेको छ ।
प्रतिक्रिया