नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ ।
प्रेस युुनियन अछामले जिल्ला अस्पताल अछाममा रहेका विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो ।
फलफुल बितरण कार्यक्रममा नेपालि काँग्रेस अछामका कार्यवहाक सभापति नयाँराम वजगाँई,महासमिति सदस्य पदमराज अधिकारी , नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुशिल प्रसाद भण्डारी,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शिवराज ढुगाँना , प्रेस युनियन प्रदेश उपाध्यक्ष गिता कुवँर पत्रकार महासँघ अछाम का अध्यक्ष खम्म खत्री लगायतको उपस्थितिमा फलफुल वितरण गरिएको प्रेस यूनियनले अछामले जनाएको छ ।
बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई फलफुल बितरण गरि प्रेस युनियनको स्थापना दिवस मनाईएको प्रेस युनियन अछामका अध्यक्ष टंक प्रसाद रिमाल वताएका छन ।
प्रतिक्रिया