डोटी – डोटी मा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया