Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

ओलीको १५३ भर्सेस देउवाको १४९, कस्ले मार्ला बाजी ?

अछाम टुडे by अछाम टुडे
मे 21, 2021
in राजनीति
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं, ७ जेठ । नेपालको संसदीय इतिहासमा रोचक घटनाका रुपमा आजको दिन सदास्मरणीय हुनेछ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा दुईजना प्रतिनिधि सभा सदस्यले बहुमतको दाबी प्रस्तुत गरे । त्यो पनि हस्ताक्षरसहित ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्दा पार्टीका तर्फबाट हस्ताक्षर गरे । जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले संयुक्त हस्ताक्षर गरेको प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । रिमालले एमालेका १२१ र जसपाको ३२ गरी १५३ सांसदको समर्थन ओलीलाई रहेको उल्लेख गरेका छन् ।

रोचक पक्ष यो छ कि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमाले र जसपाको सांसदहरुको हस्ताक्षर पुगेर बहुमत सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीको दाबी पत्र बुझाउन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । उनले १४९ प्रतिनिधि सभा सदस्यको हस्ताक्षरसहित पत्र बुझाएका हुन् । हस्ताक्षरमा काँग्रेस र माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यबारे कुनै विवाद छैन । तर, ओलीको दाबीले एमाले र जसपाको सांसदहरुको हस्ताक्षरलाई विवादमा पारिदिएको छ ।

एमालेका केही सांसदले आफूहरुको हस्ताक्षर माधव नेपालले दुरुपयोग गरेको प्रतिक्रिया दिइसकेका छन् । जसपाका १७ सांसदको हस्ताक्षर रहेको भनिएको छ । जबकि अध्यक्ष महन्थ ठाकुर र संसदीय दलको नेता बनाइएका राजेन्द्र महतोले हस्ताक्षर गरेर पार्टी संसदीय दलको साथ ओलीलाई रहेको दाबी गरेका छन् ।

ओली र देउवा दुवैको दाबी पुगेपछि राष्ट्रपति भण्डारीले कुनलाई सदर गर्ने हुन् रु चासोको विषय बनेको छ । उनले दलीय हिसाबले निर्णय लिने हुन् या प्रतिनिधि सभा सांसदको हिसाबले निर्णय लिने हुन् रु चाँडै निक्र्यौल हुन सक्छ ।

विश्वस्त स्रोतका अनुसार फेरि ओलीलाई नै बहुमत पुगेको भन्ने आधारमा प्रधानमन्त्री बनाइनसक्छन् । यसको तयारी शितलनिवासले गरिसकेको बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार गठनका लागि प्रतिनिधि सभाका सदस्यहरुलाई आव्हान गरेकी थिइन् । उनले आज साँझ ५ बजेको समयसीमा तोकेर सरकार गठनको आव्हान गरेकी थिइन् । जुन समय सकिदैछ । reportersnepal

Previous Post

बहुमत सांसदको हस्ताक्षर बुझाएर शीतल निवासबाट बाहिरिँदै विपक्षी

Next Post

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

Next Post

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In