काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा स्वार्थकाे राेटी सेक्न छाेड्नुपर्ने बताउनुभएकाे छ ।
भट्टराईले एमालेका तत्कालीन महासचिव दिवंगत मदनकुमार भण्डरी तथा संगठन विभाग प्रमुख जीवनराज आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् त्यस्ताे गर्न नहुने बताउनुभएकाे हाे ।
पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गर्नुभएकाे छ। ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौँ’, उहाँले ट्वीटरमा लेख्नुभएकाे छ, ‘नत्र उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।’
नेताद्वय मदन–आश्रितको २०५० जेठ ३ गते आजकै दिन दासढुंगामा रहस्यमय जीप दुर्घटनामा ज्यान गएको थियो।
प्रतिक्रिया