जीवन रास्ट्र र बिस्वको समग्र रुपान्तरण का लागि हामिले एउटा उद्देशय संकल्प र मार्ग तयार गरेर अगाडि बढनु अति आवश्यक हुन्छ । हामी आफ्नो ब्यक्तिगत जीवनकाल लाई अगाडि बढाउन कुनैन कुनै उदेश्य तयार गर्छौ तर त्यो ब्यक्तिगत फाईदा र स्वार्थ भन्दा माथी उठेर आफ्नो रास्ट्र लाई परम भैबब बनाउन एक संकल्प रास्ट्रका लागि लिन जरुरी छ ।
यति बेला विश्व परिदृस्यलाई हेर्दा माहापरिवर्तन को द्रुत गतिमा अगाडि बढिरहेको छ ।तसर्थ हाम्रो देसलाई पनि एक विकासशील बिस्वको गुरुरास्ट्र बनाउन हामीले कार्य गर्न जरुरी छ । र त्यो लक्ष्य प्राप्तिका लागि देश का लागि एक संकल्प लिन जरुरी छ देश को सनातन सस्कृती धर्म आध्यात्म राजनीति र ब्यबस्था प्रणाली का क्षेत्रमा एउटा जागरण र नवचेतना को आवश्यकता आजको दिनमा देखिएको छ ।
हाम्रो देश को सस्कृती र जीवन पद्धति लाई समाप्त पार्न विभिन्न क्रान्ति का नाममा कुप्रयास हरु भैइरहेका छ्न । त्यसको उजागर का लागि कुम्भकर्ण चिर निद्रा मा सुतेको नेपाली समाजलाई सचेत र जागृत गर्न आवस्यक छ । एक बिकाससिल नवउदयमान हाम्रो देस नेपाल पनि एक माहान कायाकल्पको बिदेशी ईसारामा गुज्रिरहेको छ ।
यस्तो समयमा रास्ट्र र धर्म का लागि आफू भित्र बाट आत्म क्रान्ति ,त्यसपछि रास्ट्रक्रान्ति र नेपाल लाई विश्व गुरु बनाउन युगक्रान्तिको आवश्यकता देखिन्छ ।हामिले आफ्नो जीवनको केन्द्र र लक्ष्यप्राप्ति को गन्तव्य बनाई रहेका छौ र आर्को तिर हामी धन सम्पती ,भुमी ,सत्ता ,पद अर्थात बाहय सम्पत्ति जोडने मात्र जोडने ईच्छा देख्छौ तर नेपाल रास्ट्रको बर्तमान आवश्यकता त्यो ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर रास्ट्रलाई सर्बोपरी मानेर कार्य गर्नु हो ।
देशको केही बर्सयता को पछिल्लो समाजिक ,राजनैतिक र आर्थिक घटनाहरुलाई हेर्दा देश लाई कालान्तरमा ध्वस्त पार्ने तर्फ केही पश्चिमा देशको स्वार्थ र ब्यतिगत स्वार्थका लागि त्यसता ब्यक्ती लागि परेका छ्न । आज हाम्रो देसका माहापुरुसको बिचार लाई बिस्तापित गरेर बिदेशी बिचार हाम्रो देसमा स्थापित भैरहेका छ्न ,द्दण्ठड मा भईरहेको जनगणना मा हिन्दुधर्मलाई समाप्त गर्न अनेकन प्रकारका योजना बनेका छ्न ।
केही राजनैतिक नेतृत्व ले सत्ता र पदको क्षणिक स्वार्थ का लागि विभिन्न रास्ट्रघाती समझौता हरु धमाधम भैइरहेका छ्न ,हाम्रा कुल देब पसुपतीनाथ लाई गाली गरि रहेका छ्न ,देश को शिक्षा अरुले चलाई रहेका छ्न देश भित्र का कारखाना देसको कृषि क्षेत्र हाम्रो भासा लाई समाप्त गर्न अनेक प्रकारका योजना अनुसार आज देश मा कार्य भईरहेको छ ।यी यस्ता देस भित्र रहेका अराजक तत्वहरुको कालो जङ्गल मा आगो लगाई हामिले ध्वस्त पार्न जरुरी छ । त्यसका लागि हामीले आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समग्र देसको समाजको हाम्रो भासाको रक्षा र माहापुरुसको बिचार र सपना लाई पूरा गर्न । छ जिउनु रास्ट्र धर्ममा छ मर्नु यस्को काखमा भन्ने भावलाई आत्मसात गरि नेपाल आमाको जयका लागि आफ्नो जिवनमा लागू गर्नु पर्छ ।
लेखक :प्राज्ञिक विद्यार्थी परिसद नेपाल का सुप प्रदेश सचिव हुनुहुन्छ
प्रतिक्रिया