धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना संक्रमितको मृत्यु भएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी १० कै ६४ वर्षीय पुरुष र गोदावरी १ कका ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुुरुषको पनि मृत्यु भएको उनले बताए
प्रतिक्रिया