सुदूरपश्चिममा विवाद समाधानका लागि निर्वाचित वडा अध्यक्ष वा सदस्यहरू, प्रहरी, नगर/गाउँपालिकाका प्रमुखहरूप्रति विश्वास बढेको पाइएको छ। जग्गा विवादमा सुदूरपश्चिमका जनताले वडा अध्यक्ष, सदस्य, जिल्ला अदालत र प्रहरीको सहयोग लिन रुचाएको पाइएको छ।
यस्तै, उधारो वा ऋणको विवादमा प्रहरी, वडा अध्यक्ष र सदस्य तथा न्यायिक समिति र जिल्ला अदालत जना रुचाएका छन्। सर्वेक्षण नतिजाले स्थानीय सरकारप्रति सर्वसाधारणको विश्वास बढिरहेको देखाएको छ। सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये ८४ प्रतिशतले स्थानीय तहलाई विभिन्न विषय वा अवस्थामा विश्वास गर्ने बताएका छन्।
तर, सुदूरपश्चिमका सबैभन्दा बढी उत्तरदाताले राजनीतिक दलहरूलाई कम विश्वासयोग्य संस्थाको रुपमा लिएका छन्। केवल ४९ प्रतिशतले मात्रै राजनीतिक दलहरूमा विश्वास भएको बताएका छन्। प्रदेश सरकार र राजनीतिक दलहरूप्रति विश्वास जगाउने काम गर्न नसक्नु चुनौतीको विषय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। ‘आशा जगाउन नसक्ने हो भने, त्यो वातावरण निर्माण गर्न नसक्ने हो भने हामीले के गर्ने? यो हाम्रा लागि ठुलो चुनौतीको विषय हो,’ उनले भने, ‘हामीले सर्वसाधारणलाई आशावादी बनाउन सक्नुपर्छ।’
सन् २०२२ मा २२ दशमदव ६ प्रतिशत उत्तरदाताहरूले उनीहरूको स्थानीय स्थानीय पालिकाको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् भने ७४ दशमलव ७ प्रतिशतले चाहिँ न सुधार भएको, न त बिग्रेको बताएका छन्। पूर्वाधारको अवस्था राम्रो हुनु, खानेपानीको आपूर्तिमा सुधार हुनु, गाउँ तथा नगरपालिकामा बजेट बढ्दै जानु, जस्ता कारणलाई धेरै उत्तरदाताले आफ्नो स्थानीय पालिकाको आर्थिक अवस्थामा सुधार आउनुको कारण मानेका छन्।
प्रतिक्रिया