Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सुविच्छा कटेज र बेली युवा क्लब भजहर कपको फाइनलमा

अछाम टुडे by अछाम टुडे
मे 5, 2023
in खेल
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुरमा भईरहेको तेस्रो भजहर कप फुटबल प्रतियोगितामा सुविच्छा कटेज र बेली युवा क्लब फाईनलमा प्रवेश गरेका छन्।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक बर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करण अन्तर्गत सेमिफाईनलमा जित हात पार्दै सुविच्छा केटज र बेली युवा क्लब फाईनलमा प्रवेश गरेका हुन्।

पहिलो सेमिफाईनल खेलमा सुविच्छा कटेज सेठकलियालेआयोजक श्री जनहित युवा क्लबलाई २–१ ले किनारा लगायो। खेलमा सुविच्छाका एवन चौधरी म्यान अफ द म्याच भए। उनले नगद एक हजार पुरस्कार पाए । दोस्रो सेमिफाईनल खेलमा बेली युवा क्लबले विहारी युवा क्लब बिजुलियालाई १–० ले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच बेलीका प्रवेश चौधरी भए । उनले नगद एक हजार पुरस्कार पाए।

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताबैशाख २३ सुविच्छा कटेज र बेली युवा क्लब प्रतिस्पर्धा गर्नेछन। पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भईरहेको प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ।

Previous Post

मन्त्रिमण्डल विस्तारमा कांग्रेसभित्र असन्तुष्टि बढीः शशांक

Next Post

राजनीतिक दलहरूमा कम विश्वास

Next Post

राजनीतिक दलहरूमा कम विश्वास

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

by सागर देबकोटा
जुन 21, 2025
0

अछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना...

Read more

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

जुन 21, 2025

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

जुन 20, 2025

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

जुन 15, 2025

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In