धनगढीः नेपाली कांग्रेसका नेता प्राडा शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्।
शुक्रवार पत्रकारसँगको कुराकानीमा कोइरालाले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए। ’हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ,’ कोइरालाले भने। पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनले बताए।
उनले थपे, अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ।’ अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको शशांकको भनाई थियो।
प्रतिक्रिया