सुर्खेत । कर्णाली प्रदेश सभाको सातौँ अधिवेशनको चौथो बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् ।
जनता आक्रत्त भएका बेलामा निषेधाज्ञा जारी गरिएको बेलामा सदन चलाउनु उपयुक्त नभएको भन्दै एमालेले अवरुद्ध गरेको हो ।
सभामुख राजबहादुर शाहीले संसदको कारवाही प्रारम्भ गर्दै गर्दा एमाले ओली पक्षका सांसद गुलाबजङ्ग शाह रोष्टमबाट जुरुक्क उठेर आपत्ति जनाए । त्यसपछि सभामुखले उनलाई बोल्न दिए । र, शाहले सदन नचलाउन आग्रह गरे ।
उनले आपत्ति जनाउँदै भने ,‘ कोरोनाको भयावह अबस्था छ । जनता भोक भोकै मर्ने अबस्था छ । माननीय सदस्य पनि बिरामी भयर घरमा ढलेको अबस्था छ । यस्तो अबस्थामा प्रदेश सभा सदन चल्न सक्दैन् ।’ ‘बाहिर निषेधाज्ञा जारी गरिरहँदा यहाँ सदन चल्नु कत्तिको जायज कुरा हो ,’ उनले भने ।
यति मात्र भनेनन उनले ,‘उनले सरकार प्रति आक्रोस पोखिरहे । ‘ हुनत सरकार बहिरो छ , अवैधानीक ढङ्गले भगौडाहरुलाई लिएर सरकार बनाउने सरकारको नेतृत्ज सरकारले गरिरहेकोछ ,’ शाहले भने ।
आजको कारबाही यहि स्थितगित गर्न आग्रह गर्दा एमालेका सबै सांसद रोष्टममा उभिए । त्यसपछि सभामुख शाहीले पटक–पटक आसन ग्रहण गरेर सहयोग गर्न आग्रह गर्दा पनि नटेरेपछि बैठक अर्को सुचना जारी नहुञ्जेल स्थिगित भएको जानकारी गराए ।
प्रतिक्रिया