नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीले काठमाण्डौ रेजर्सलाई हराएको छ । दशरथ रङ्गशालामा मङ्गलवार हिजो भएको खेलमा धनगढीले काठमाण्डौलाई तीन–शून्यले हराउँदै पहिलो जित निकालेको हो ।
धनगढीका ओलावाले आफिजले दुई र टङ्क बस्नेतले एक गोल गरे । १० खेलाडीमा सीमित धनगढीले पहिलो हाफमै तीन गोल गरेको हो । रातो कार्ड पाएका धनगढीका रमेश दङ्गाल खेलको ६८ औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
जितसँगै धनगढीले दुई खेलमा तीन अङ्क जोडेको छ । पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग तीन–शून्यले पराजित भएको थियो ।
प्रतियोगितमा काठमाण्डौको यो पहिलो हार हो । पहिलो खेलमा ललितपुर सिटीलाई एक–शून्यले हराएको काठमाण्डौले दुई खेलमा तीन अङ्क जोडेको छ ।
प्रतिक्रिया