सुर्खेत । कोरोना महामारीको दोस्रो चरणकाे जाेखिम बढ्दै गएपछि बजारमा दैनिक उपभोग्य बस्तुमाथि कृतिम अभाव हुन नदिन अनुगमन गरिने भएकाे छ । दैनिक उपभाेग्य वस्तुकाे कृतिम अभाव गराइ, कालोबजारी हुनबाट रोक्न अनुगमन गरिने भएको हाे ।शुक्रवार संयुक्त बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा बसेको बैठकले अविलम्ब संयुक्त बजार अनुगमन गर्ने निर्णय गरेकाे हाे ।
कोरोनाका बेला दैनिक उपभोग्य बस्तुमाथि अस्वभाविक मूल्य बृद्धि गराउने, कालोबजारी गर्ने, सामान लुकाउने, कृतिम अभाव गराउने कार्य हुनसक्ने भएकोले त्यस्तो कार्य रोक्नका लागि अनुमगन गरिने जनाइएकाे छ । कालोबजारी, कृत्रिम अभावले सीमित व्यापारी मोटाउने भएपनि उपभोक्ताहरु थप पीडामा पर्ने हुँदा त्यस्तो काम रोक्नका लागि अविलम्ब अनुगमन गरिने बताइएको छ ।
अनुगमनको अगुवाई सम्बन्धित पालिकाहरुले गर्नेछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी महतले अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गरेको, बढी मूल्यमा बेचेको पाइएमा तत्काल कारबाही गरिने बताए ।
बैठकमा प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्ट, खाद्य निरीक्षक भेषबहादुर थापा, उद्योग निर्देशक मुकुन्दनाथ योगी, वीरेन्द्रनगर नगरपालिकाका अनुगमन अधिकृत प्रकाश पौडेल, उपभोक्ता अधिकारकर्मी आकाशतारा बयकलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया