डडेल्धुरा, बैशाख ९ । डडेल्धुराको अमरगढी नगरपालिकास्थीत आइन्स्टाइन पव्लिक स्कुलले बिद्यार्थीको निशुल्क आँखा चेकजाँच सम्पन्न गरेको छ । ‘स्वास्थ्य पछिको शिक्षा’ भन्ने मुल उद्धेश्यका साथ गेटा आँखा अस्पतालको सहयोगमा बिद्यालयले बिद्यालयमा अध्ययनरत करीव १४७ जना बिद्यार्थीहरुको निशुल्क आँखा चेकजाँच कार्य सम्पन्न गरेको हो ।
देशभर बढेको डढेलो तथा लामो खडेरीका कारण बालबालिका उच्च जोखीममा परीरहेको अवस्थालाइ मध्यनजर गरी सो कार्यको थालनी गरीएको बिद्यालयका प्रधानाध्यापक रामप्रसाद अवस्थीले जानकारी दिए ।
आँखाजाच गरीएका १४७ जना बिद्यार्थीहरु मध्ये ७÷८ जनामा धुलोमाटोका कारण सामान्य समस्या देखा परेको बिद्यालयका प्रधानाध्यापक अवस्थीले बताए । बिद्यालयले बिद्यार्थीहरुको मासिक रुपमा तौल मापन, उचाई मापन तथा दैनिक रुपमा तापक्रम मापन कार्य पनि गर्दैै आएको उनले जानकारी दिए ।
साथै बिद्यालयले आगामी दिनहरुमा समेत बिद्यार्थीहरुको सिप बिकास तथा पढाइका लागि सक्दो सफल कार्यहरुको थालनी गर्ने उनले बताए । बिद्यालयले अहिले बालबालिकाहरुलाई खेल सिकाई, स्मार्ट बोर्ड तथा अन्य कार्यक्रमहरु मार्फत समेत अग्रसर बनाउदै आएको छ ।रेडियो अमरगढी
प्रतिक्रिया