अछाम टुडे सम्बादाता
पन्चदेवल विनायक नगरपालिकामा निर्माण व्यावसायक सघँ नगर तदर्थ समिति गठन गरिएको छ । जिल्ला निर्माण व्यावसायक सँघ अछामका कोषाध्यक्ष हेमराज ढुङ्गानाको विशेष उपश्थितीमा र कालिका देउरुपा निर्माण सेवा विनायकका सँचालक तप्त बहादुर शाहीको अध्यक्षतामा बसेको भेलाले विभिन्न निर्णय गर्दै निर्माण व्यावसायक सँघ नगर तदर्थ समिति गठन गरेको छ ।
भेलाले टँक बहादर धामी अध्यक्ष रहने गरी १८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्ष अनिल कुमार विष्ट, उपाध्यक्ष गोकर्ण माझी,महा सचिब भोजराज बुढा ,सचिब जीवन कुमार विष्ट, कोषाध्यक्ष लाल बहादुर रावल, सह( सचिव केशव बहादुर शाही ,रहनु भएको छ । भने अन्य सदस्यमा दिपेन्द्र बहादुर शाही , टँक बहादुर शाही ,कुश विष्ट,भिम विष्ट,नन्दसिँह कडायत,बम बहादुर शाही ,रमेश बहादुर बुढा,धर्मराज सिजापती, हर्क बहादुर धामी,मुकेश देवकोटा र ललित कुमार विष्ट रहनु भएको छ ।
उक्त भेलाले निर्माण व्यावसाय सँघ नगर कार्य समितिको कार्यलयको पनि पन्चदेवल विनायक नगरपालिका स्थित बिनायक बजार सुन्तलाबारीमा स्थापना गरिनुका साथै निर्माण व्यावसाय सँघ नगर कार्यलय सचिवमा टँक बहादुर शाहीलाई नियुक्त गरिएको छ ।
कार्यक्रममा वि टि निर्माण सेवाका टँक धामी ,युनिभर्सल निर्माण सेवाका भोजराज बुढा,पन्चदेवल पब्लिक निर्माण सेवाका जीवन विष्ट,हर्क बहादुर शाही,युनिसा निर्माण सेवाका कुश विष्ट,पन्चदेवल निर्माण सेवाका चन्दसिह कडायत,जाल्पा देवि निर्माण सेवाका लालबहादुर रावल , लालिगुराँस निर्माण सेवाका गोकर्ण बहादुर माझी,पशुपति निर्माण सेवाका भिम विष्ट,आर एस् निर्माण सेवाका रमेश बुढा ,टँक बहादुर शाही,एम डी निर्माण धर्मराज सिजापती ,पत्रकार लगाएको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया