Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

अछाम टुडे by अछाम टुडे
अप्रिल 4, 2023
in राजनीति
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो ।

लामिछानेविरुद्ध कूटनीतिक राहदानी दुरुपयोगको मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर माग गर्दै रिट दायर भएको थियो ।

युवराज सफलले उनीमाथि किर्ते राहदानीमा मुद्दा चल्नुपर्ने दाबीसहित रिट दायर गरेका थिए। न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा बसेर लामिछानेको नागरिकता विवादमा फैसला सुनाएकाले हेर्न नमिल्ने भएको हो ।

उनको विवादमा आफ्नो धारणा संवैधानिक इजलासबाट नै आएकाले मुद्दा नहेर्न भनेपछि मंगलबारको सुनुवाइ सरेको छ । अब अर्को पेसी तोकिने छ। वैशाख १० गते चितवनमा हुन लागेको उप–निर्वाचनलाई लक्षित गर्दै रिट सर्वोच्चमा दायर गरिएको थियो ।

लामिछानेको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले माघ १३ गते फैसला सुनाएको थियो ।

यो सँगै उहाँ सांसद पद र नागरिकता विहीन हुनुभएको थियो । सर्वोच्चको उक्त फैसलालगत्तै उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नागरिकता लिनुभएको थियो  ।

Previous Post

बैतडीका तीन युवा ठगिए, फर्जी भिसा देखाएर डेढ लाख झ्वाम

Next Post

एशियन लाईफद्धारा खेलकुदका सामाग्री सहयोग

Next Post

एशियन लाईफद्धारा खेलकुदका सामाग्री सहयोग

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In