Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

उपनिर्वाचनका लागि उमेदवार टुंग्याउँदै कांग्रेस

अछाम टुडे by अछाम टुडे
मार्च 30, 2023
in समाज
10
0
7
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाउने बताइएको छ ।

बैठकले पार्टीबाट सरकारमा कसकसलाई पठाउने भन्ने निर्णय पनि गर्नेछ । यसका लागि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी छ । मन्त्रालयको भागबण्डामा कांग्रेसको भागमा आठवटा मन्त्रालयल परेको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार आजको बैठकले उमेदवार टुंगो लगाउने दाबी गरे । वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।

ती पदाधिकारीका अनुसार चितवन–२ मा पार्टीले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उमेदवार बनाउने तयारी गरेको छ । मंसिर ४ मा भएको निर्वाचनमा त्यहाँबाट उमेश श्रेष्ठलाई उमेदवार बनाएको थियो ।

पार्टीले तनहुँ क्षेत्र १ मा गोविन्द भट्टराईलाई उमेदवार बनाउने तयारी गरेको छ । मंसिर ४ को निर्वाचनमा यहाँबाट रामचन्द्र पौडेलले चुनाव जितेका थिए । पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

पार्टीले बारा–२ मा भने उपनिर्वाचनमा उमेदवार नउठाउने भएको छ । यहाँ पार्टीले जसपाबाट उमेदवार बन्ने तयारीमा रहेका उपेन्द्र यादवलाई सहयोग गर्ने तयारी गरेको छ ।

उपेन्द्रलाई सघाउने गरी बारा–२ मा पार्टी सभापति शेरबहादुर देउवाले उमेदवार नउठाउने पदाधिकारीमाझ जानकारी गराइसकेका छन् ।

Previous Post

यात्राको सङ्गालोमा  बेखबर संगठन

Next Post

मुख्यमन्त्री शाहद्वारा पञ्चदेवल १ कुइकाकाे वडा कार्यालय उद्घाटन

Next Post

मुख्यमन्त्री शाहद्वारा पञ्चदेवल १ कुइकाकाे वडा कार्यालय उद्घाटन

प्रतिक्रिया

ताजा समाचार

विशेष

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

by सागर देबकोटा
जुन 15, 2025
0

टंक प्रसाद रिमाल_अछामको ढकारी गाउँपालिका–२, साविकको हिच्मा गाविसको मध्य भागमा रहेको ऐतिहासिक बडिरुख चौतारी र यससँगै जोडिएको जाल्पा देवी मन्दिर आज...

Read more

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

भारतमा रहेका युवाको पहलमा अछाम डाडिगडेमा जाल्पा देवी मन्दिर निर्माण सम्पन्न

जुन 4, 2025

चौरपाटीको शान्ति देवी माविमा आत्महत्या र लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

मे 28, 2025

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

मे 25, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In