नमस्कार म सागर देबकोटा मेरो जन्म २०५६ सालमा भएको हो । झट्ट हेर्दा केही छैन हेर्दा धेरै देखिन्छ ।
२०७२ मा एस एल सी दिएर उति बेलाको उच्च माध्यमिक शिक्षा हासिल का लागि आफ्नै ठाउँ रोजेको म आखिर गाउँमै अड्किनु परेको छ।
२०७४ सालमा पहिलो पटक देशले स्थानीय चुनाब गराउदै गर्दा काङ्ग्रेस नजिक भएर सहयोग गर्दै गर्दा
देबकोटी काङ्ग्रेस बाट हाडे काङ्ग्रेस भएको पनि पत्तै भएन, आझै लाग्छ ति राती राती टाटके निउडकान गुरुथापे मा रातिको डिउटी गरेका याद आखिर किन रहेछ त त्यो राती राती आफ्नो ज्यान लाई धरापमा राखेर किन प्रचार मा लागे भन्ने कुरा हिजो आज आफै लाई सोध्न खोजिरहेको हुन्छु तर सोध्न डराउछु।
चुनाब नजिक हुदा सबै पृय बन्ने आफ्ना बन्ने दाई बन्ने अनि त्यो जय नेपाल नारा भनौं भनौं लाग्ने खै के लत बस्यो पत्तै भएन ।
बल्ल तल्ल ११, १२ कक्षा पास गरियो ,मनले सोचिरहेको थियो,अब अध्यन गर्नु पर्छ तर पाटी निकट ले भन्न सुरु गरे युवा हाम्रो हो हामी युवाको त्यसैले हामी युवालाई संरक्षण गर्छौ ।
आखिर त्यो संरक्षण कता गयो होला कतै बाटोमा त छैन लाग्छ लाग्नलाई त्यसैले काङ्ग्रेसमा बस्न लत बसेको जस्तै लाग्छ अरुलाई पिडा सुनाउन मिल्दैन नत देखाउनै मिल्छ पीडा न हो पिडालाई के देखाउनु है, अझै यात्रा सकिएको छैन भन्दै म मित्र राष्ट्र देश भारतमा काम गर्ने शिलसिला मा पुगे त्यहाँ त मिहिनेत को फल मिल्दो रहेछ ।
दिन प्रती दिन बित्दै गए समय पनि छोटिदै थिए फेरि आफ्नै आफन्त ले सम्झिए चुनाब आउदै छ नेपाल आउनु पर्यो मैले खासै चासो दिएन अझै हर दिन हर रात सम्झिनु सम्झिए संरक्षण हुन्छ भन्दै मिठा कुरा दिए मनै न हो पग्लनु पग्लियो फेरि यात्रा तए भयो नेपालको ४ महिना पछि घर फर्किदा बुबाको नजिकै जान सकिएन किन कि अहिले भन्न मिल्दैन त्यसैले पाटी भन्नू र भन्न लगाउनु गलत छ संरक्षण को नाम लिएर धक्का महसुस लाई महसुस गराउनु पनि एक अपराध नै हो । बाकी दोर्सो भागमा भेटौला धन्यवाद
प्रतिक्रिया