कञ्चनपुरः कञ्चनपुरमा तिन महिने विद्युत जडान सम्बन्धी तालिम सम्पन्न भएको छ।
जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नंम्वर ६ मा बुधवार तिन महिने विद्युत जडान तालिम सम्पन्न भएको छ। दोधराचाँदनी नगरपालीका वडा नंम्वर ६ र व्यवसायिक तथा सिपविकास तालिम केन्द्र महेन्द्रनगरको संयुक्त आयोजना उक्त कार्यक्रम सञ्चालन भएको हो। तालिममा महिला चार र पुरुस १६ गरी २० जना सहभागी रहेका थिए।
कार्यक्रमलाई शुभकामना मनतव्य दिदै नगरप्रमुख लिम्बुले भने ‘अहिलेको युग प्रबिधिको युग हो, मानव जिवनमा यो तालिमले महत्व पुर्ण भुमिका खेल्ने छ , अव विदेश जानु पर्ने भए पनि यो सिप प्रमाण पत्रले महत्व पुर्ण भुमीका खेल्ने छ।’ सबैले सिप सिकेर कार्य सञ्चालन गर्याे भने सरकारले गरेको खर्चको सदुपयोग हुने नगरप्रमुख लिम्वुले बताए।
उक्त कार्यक्रम प्रमुख अतिथि दोधरा चाँदनी नगरपालिकाका नगर प्रमुख किश्वर कुमार लिम्बु तथा वडाका सदस्य गणेश मगर को सभापतित्वमा सम्पन्न भएको हो।
प्रतिक्रिया