Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

मोहना सिँचाईमा १२ करोड बग्यो, किसानका खेतमा पुगेन सिँचाई

अछाम टुडे by अछाम टुडे
मार्च 10, 2023
in प्रदेश
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कैलालीको मोहना सिँचाई आयोजना निर्माणको नाममा झण्डै १२ करोड खर्च भइसकेको छ। २०३८ सालदेखि निर्माण सुरु भएको आयोजनाको २०४२ मा काम पूरा भएको थियो। ३७ वर्ष पुरानो सिँचाई आयोजनाले लक्ष्यअनुसार किसानका खेतीमा सिँचाई विस्तार गर्न भने सकेको छैन्। मोहना सिँचाई आयोजनाको नाममा झण्डै १२ करोड खर्चिए पनि पानी बग्ने सिँचाई नहरमा पैसा मात्र बगेको स्थानीयको गुनासो छ।

सिँचाइका जीर्ण संरचना निर्माण गर्न आवश्यक बजेट विनियोजन नभएको आयोजना कार्यालयको दाबी छ। गोदावरी नगरपालिका वडा नम्बर ११ को मछेली खोला क्षेत्रका किसानका लागि सिँचाईको सुविधा भए पनि कञ्चनपुरको कृष्णपुरसहितका किसानले भने अझै सिँचाई सुविधा पाउन सकेका छैनन्। गोदावरी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम बडैलाले नहरमा पानी रहेको बताए।

वडा नम्बर ११ सहितका खोला नजिकका किसानले सिँचाईको सुविधा पाए पनि लक्षित सबै क्षेत्रमा सिँचाइ नपुगेको उनले बताए। मर्मतका लागि न्यून रकम विनियोजन हुने भएकाले समस्या रहेको बडैलाको दाबी छ। कैलालीको गोदावरी नगरपालिको गोदावरी तथा मालाखेती र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा सिँचाइ सुविधाका लागि मोहना सिँचाई आयोजना निर्माण गरिएको हो।

आयोजनाका लागि संघीय सरकार, एसियाली विकास बैंक र स्थानीय उपभोक्तासमेतको गरेर ११ करोड ९३ लाख खर्च भइसकेको छ। मछेली खोलामा निर्माण गरिएको बाँध पटकपटक आएको बाढीले बगाएपछि सिँचाइ मर्मतको काम अलपत्र पर्दै आएको छ। उक्त सिँचाई आयोजना संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। तर प्रदेश सरकारले सिँचाइ आयोजनाका लागि आवश्यक बजेट विनियोजन नगर्दा मर्मतमा समस्या भइरहेको हो।

पथरैया–मोहना सिँचाई व्यवस्था कार्यालय, कैलालीका प्रमुख इन्जिनियर रुपेश भट्टराईले नहरमा पानी रहेको बताए। उनले सिँचाईका लागि खोलामा पानी कम हुने भएकाले सबै क्षेत्रमा पानी नपुगेको बताए। कैलालीको चुरे पहाडको फेदीमा निर्माण गरिएको आयोजनाको बाँध बलियो नभएकाले बाढीले वर्षेनि बगाउने गरेको थियो।

गोदावरी नगरपालिकाको एक हजार चार सय हेक्टर र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको ६ सय हेक्टर क्षेत्रफलमा सिँचाई गर्ने आयोजनाको लक्ष्य थियो। आयोजनाबाट तीन हजार घरधुरी लाभान्वित हुने लक्ष्य रहेको भए पनि लक्ष्य पूरा भएको छैन्। महाकाली सिँचाइ आयोजनासँगै मोहना सिँचाइको नहर मिलाउने इन्जिनियर भटराईले बताए।

महाकाली सिँचाई आयोजनाको नहर र मोहना सिँचाईको नहर मिलाउने दाबी उनको छ। मोहना सिँचाइ आयोजनाको लम्बाइ एक किलोमिटर तीन सय मिटर छ। एक आर्थिक वर्षमा चार/पाँच लाख मात्र मर्मत शिर्षकमा रकम विनियोज हुने भएकाले नहर मर्मतमा समस्या हुने गरेको आयोजना कार्यालयले जनाएको छ।

Previous Post

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै आयोगले आज प्रतिवेदन पेश गर्ने

Next Post

कञ्चनपुरमा गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

Next Post

कञ्चनपुरमा गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In