कैलालीः कैलालीको अत्तरियामा बिहिबारदेखि नेपाल स्टिम एक्सो एण्ड च्यालेन्ज ०.३ सुरु भएको छ।
अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा स्टिम एक्सो एण्ड च्यालेन्ज सुरु भएको हो। विद्यालयका प्रिन्सिपल स्माईल चौधरीले नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा कैलाली कञ्चनपुरका २० वटा विद्यालय सहभागि रहेको बताए। जसमा सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ।
शुक्रबारसम्म संचालन हुने नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा ५ हजार विद्यार्थीले अवलोकन गर्ने आँकलन गरिएको छ। स्टीम कार्यक्रम सञ्चालनका लागि गोदावरी नगरपालिकाले आर्थीक सहायता गरेको हो। नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स,फोर डेभलपमेन्ट लगायतका संस्थाहरुले सहयोग गरेको आयोजक एभरेष्ट एकेडेमिका प्रिन्सिपल चौधरीले बताए।
स्टीम कार्यक्रममा ११ विधामा पुरस्कार प्रदान गरीने र प्रत्येक विधाका लागि ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरीने आयोजकले बताएको छ।
प्रतिक्रिया