Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सुदूरपश्चिममा ८७ महिलाको हत्या, सात हजार बढी महिलाविरुद्ध अपराध

अछाम टुडे by अछाम टुडे
मार्च 8, 2023
in समाज
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

धनगढीः विवाह गर्न अस्वीकार गर्दा १३ मंसिरमा बैतडीकी २१ वर्षीय माया लुहारको घाँटी रेटेर विभत्स हत्या भयो। पञ्चेश्वर गाउँपालिका–४ की माया भर्खरै म्यादी प्रहरीबाट घर फर्किएकी थिइन्। जिल्ला प्रहरी प्रवक्ता लोकराज जोशीकाअनुसार सशस्त्र प्रहरीमा जवानको रुपमा कार्यरत शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीले मायालाई प्रेम गर्थे। उनीसँग विवाह गर्न चाहेका थिए। तर, मायाले विवाहको प्रस्ताव अस्वीकार गर्दा भरतरामले उनको घाँटी रेटेर हत्या गरेका हुन्।

नेपालमा २०५४ सालपछि हरेक वर्ष लैंगिक हिंसाविरुद्व अभियान चलाइन्छ, सरकारी र गैरसरकारी निकायले गोष्ठी गर्छन्, तथ्यांक केलाउँछन् र बहस चलाउँछन्। यति मात्रै होइन, यो अढाई दशकमा सरकारले हिंसा नियन्त्रणकालागि नयाँ नीति, कार्यक्रम र कानुनहरू पनि तर्जुमा गरेको छ। त्यसमा भएको खर्चको कुनै लेखाजोखा छैन। तर, लिङ्गकै आधारमा महिलाहरूमाथि हुने घरेलु हिंसा, विभेद, अपराध र बहिष्करण भने रोकिएको छैन, बरू झन्–झन् बढ्दो छ।

त्यसो त महिला आन्दोलनले अहिले पाएको उपलब्धी कमजोर भने होइन। ०६२/०६३ को जनआन्दोलन र महिलाहरूको संघर्षकै कारण महिला राष्ट्रपति र सभामुखसमेत भए। नागरिकको नजिकमा रहेका स्थानीय सरकारमा मात्रै १४ हजार महिला जनताको प्रतिनिधि बनेका छन्। तर, माथिका उदाहरणमा झैं दिनहुँ महिलामाथि घटिरहेका हिंसाका घटनाले नेपाली समाज अझै पनि महिलाका लागि असुरक्षित रहेको र आत्मसम्मानपूर्वक बाँच्न पाउने अवस्था नरहेको देखाउँछन्।

नेपाल प्रहरीको केन्द्रिय तथ्यांकअनुसार सुदूरपश्चिममा पछिल्लो ५५ महिनाको अवधिमा ८७ महिलाको हत्या गरिएको छ। महिला मारिनुमा पुरुषवादी सामाजिक चेत र शक्तिलाई कतिपयले मुख्य कारण मानेका छन्। बलात्कार पनि पुरुषवादी सामाजिक चेतकै उपज भएको हुँदा महिला हत्यामा यो कारणका रूपमा आउने तर्क छ। महिलाको हत्या कुन कारण भएको हो, त्यसको स्पेसिफिक अध्ययन त भएको छैन।

यद्यपि, समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा कहीँ न कतै पुरुषवादी सामाजिक चेत र शक्ति योसँग जोडिएर आउँछ। बलात्कारका पछाडि कारण यही छ। त्यसो हुँदा महिला हत्याको पछि यौन पनि कारणका रूपमा जोडिएर आउन सक्छ। प्रहरीका अनुसार बढ्दो बेरोजगार, सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग, मादक तथा नसालु पदार्थ सेवन, पारिवारिक कलह, सम्पत्ति, दाइजो, वैदेशिक रोजगारीलगायत कारण पनि महिला हत्यासँग जोडिने विषय हुन्।

समाजमा बेरोजगारी बढ्दो छ। सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग बढेका छन्। मादक पदार्थ सेवन उत्तिकै छन्। महिलाविरुद्धका अधिकांश अपराध परिवारभित्रैकै सदस्यबाट भएको अध्ययनबाट देखिने समेत गरेको छ। यौनजन्य अधिकांश अपराध पनि चिनजानमा रहेका वा परिवारभित्रकै सदस्यबाट हुने र त्यसलाई लुकाउने क्रममा महिलाको हत्या हुन सक्ने जोखिम छ। महिलामाथि हिंसा मात्रै होइन, हत्या नै हुने गर्छन्।

पछिल्लो ६७ महिनामा सुदूरपश्चिममा सात हजार एक सय २९ महिलाविरुद्ध अपराधका घटना भएका छन्। यस अवधिमा बलात्कार, बहुविवाह, जातीय छुवाछुत, गर्भपतन, अपहरण, मानव बेचविखन, अप्राकृतिक मैथुनलगायत अपराधका घटना भएका छन्। त्यस्तै २०७७ सम्म ७ वर्षको अवधिमा सुदूरपश्चिममा एक सय २९ बालिका बलात्कारको सिकार भएका थिए।

Previous Post

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

Next Post

११३ औ अन्तर्राष्ट्रीय महिला दिवस भब्यताका साथ तोलीमा सम्पन्न ।

Next Post

११३ औ अन्तर्राष्ट्रीय महिला दिवस भब्यताका साथ तोलीमा सम्पन्न ।

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

by सागर देबकोटा
जुन 21, 2025
0

अछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना...

Read more

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

जुन 21, 2025

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

जुन 20, 2025

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

जुन 15, 2025

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In