धनगढीः कैलालीमा डुबेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँ नजिकै कान्द्रा नदिमा माछा मार्ने क्रममा आईतबार डुबेर एक जनाको मृत्यु भएको हो। नदिमा माछा मार्न गएका भगवती माई गाउँपालिका–४ मनघर दैलेखका २२ वर्षीय अमर थापाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्रवीर विश्वकर्माले बताए।
साथीसँग शनिवार कान्द्रा नदिमा माछा मार्न गएका बेला उनी बेपत्ता भएका थिए। आइतबार अत्तरियाबाट गएको गोताखोर टोलीले उनलाई मृत फेला पारेको हो। थापाको शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
उनी पहलमानपुर लालबोझी सडक खण्डमा मिक्स्चर चलाउने काम गर्दे आएका थिए।
प्रतिक्रिया