मदन जैसी अछाम
अछामकी एक किशोरी दुई हप्ता देखि भारतमा व्यापत्ता भएकी छन । जिल्लाको पन्चदेवल नगरपालिका वडा न: १ कुईका अमरसैन का शिवराज तिमिल्सैनाकी २१ बर्षिय छोरी तुल्सी तिमिल्सैना भारतमा व्यापत्ता हुनुभएको छ । जिल्लाकै मँगलसैन नगरपालिका वडा न: ६ का भुमिनन्द भण्डारी का अन्दाजी २४ बर्षिय छोरा भरत भण्डारीले काठमाडौ पढ्दै गरेकी तुल्सीलाई सामाजिक सन्जाल फेसबुक मार्फत चिनजान भई ललाई फकाई गरि भगाएर भारतको पुर्णे भन्ने ठाउँमा लगेका थिए ।
केही समय यता भरतले तुल्सीलाई कुटपिट र यातना दिदै गरेको भिडियो न्युज 24 टेलिभिजनको कार्यक्रम सिदाकुरा जनता सँग मा प्रसारण भए देखि सामाजिक सन्जालमा निकै भाईरल बनेको छ। १०७७ साल फागुन ८ गते देखी तुल्सी सम्पर्क बिहिन भएको र भरतले नै व्यापत्ता गराएको माईती पक्षले बताएका छन ।
तल्सी १ महिना पुग्नै लाग्दा सम्म पनि सम्पर्कमा नआए पछि उहाको खोजि नीति र न्यायका लागि स्थानीय सरकार र प्रहरी प्रशासन समक्ष दोषीलाई कार्वाईको माग गरिएको तुल्सीका दाजु पदम तिमिल्सैनाले जानकारी दिनु भयो ।
प्रतिक्रिया