धनगढीः कैलालीको धनगढीमा सिटीनेटको बैठक आयोजना हुँदैछ। देशका विभिन्न महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख र उपप्रमुख बैठकमा सहभागि हुन धनगढीमा भेला भएका छन्।
सिटीनेट नेपाल नेसनल (सीएनएनसी) च्याप्टरको राष्ट्रिय बैठकमा भाग लिन नगरप्रमुख र उपप्रमुख धनगढी आइपुगेका हुन्। धनगढी उपमहानगरपालिकाको आयोजनामा हुने बैठकमा भाग लिन ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह धनगढी आइपुगेका छन्।
त्यस्तै हेटौडाका नगरप्रमुख मीनाकुमारी लामा, नेपालगञ्जका नगरप्रमुख प्रशान्त विष्ट, ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख पदमप्रसाद बोगटी धनगढी आइपुगेका छन्। यस्तै, बैठकमा भाग लिन विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी पनि धनगढी आइपुगेका छन्।
धनगढीमा हुने बैठकमा सहभागि हुन पालिका प्रमुख र उपप्रमुख आउनेक्रम जारी नै रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। धनगढीमा देशभरका पालिका प्रमुख र उपप्रमुखको उल्लेख्य उपस्थिती देखिएको छ।
प्रतिक्रिया