काठमाडौँ । नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ ।
चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्याङ्कनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेको हो ।
चीन, भारत, श्रीलङ्का, केन्यालगायत मुलुकमा उत्पादन भएका चियाका सयौं नमुना प्रतिस्पर्धामा सहभागी थिए ।
प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले मेडल प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्राण्ड गोल्ड मेडल प्राप्त भएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टाईले जानकारी दिनुभयो
प्रतिक्रिया