नेपालमा परम्परागत हिन्दु–वैदिक शिक्षाको लामो इतिहास थियो । बौद्ध धर्म–दर्शनको प्रारम्भ भएपछि विहार, गुम्बा र बौद्ध शिक्षा केन्द्रहरूमा बौद्ध धर्मदर्शनमा आधारित शिक्षा र हिन्दु–वैदिक शिक्षाअन्तर्गत विशेषतः गुरुकुल प्रणालीका शिक्षा सीमित मात्रामा प्रचलित थिए ।
नेपालको एकीकरण पूर्व र एकीकरणपछि पनि शिक्षालाई राज्यले आफ्नो दायित्वभित्र लिएको देखिँदैन । त्यस बेला धार्मिक सङ्घसंस्था, गुठी, व्यक्तिको दान, सरकारको अनुदान इत्यादिबाट शिक्षाका लागि खर्चको प्रबन्ध हुन्थ्यो।
नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि।सं। १९१० मा दरबारस्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो । नेपालमा उच्चशिक्षाको औपचारिक सुरुआत भने वि।सं १९७५ मा त्रिभुवन चन्द्र कलेज ९त्रिचन्द्र कलेज० को स्थापनाबाट भएको देखिन्छ ।
कुल क्याम्पसमध्ये सबैभन्दा बढी ५२।४ प्रतिशत क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित छन् भने नयाँ खोलिएका तीनओटा विश्वविद्यालयहरू ९सुदुरपश्चिम, मध्य पश्चिम र कृषि तथा पशुविज्ञान विश्वविद्यालय०मा हाल सम्म कुनै पनि ब्यक्ति निर्माण एवं नैतिक शिक्षा पढाउने खालको वातावरण र त्यस्को पुर्णरुपमा पनि शैक्षिक कार्यक्रम सुरु भएका छैनन् ।
हाल उच्च शिक्षामा कुल ४,१२,५४० विद्यार्थी अध्ययनरत छन् जसमध्ये ४१।६ प्रतिशत छात्राहरू रहेका छन् विश्वविद्यालयअन्तर्गतका उच्च शिक्षण संस्थाबाहेक ३ ओटा प्रतिष्ठानअन्तर्गत तीन ओटा चिकित्साशस्त्रमा उच्च शिक्षा दिने संस्थाहरू पनि सञ्चालनमा रहेका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमअन्तर्गत प्राविधिक एसएलसी ९त्क्ीऋ० र डिप्लोमा तहका आङ्गिक ७२ ९एनेक्स ४५ सहित० र सम्बन्धन प्राप्त ३४६ गरी जम्मा ४१८ ओटा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक संस्थाहरू रहेका छन् । ती तालिम प्रदायक संस्थाहरूमा विद्यार्थीहरू भर्ना भएर पढीरहेकाछन् ।
तर हाल सम्म पनि उहाँहरुले नेपाली माटोको बिचार बोकेको शिक्षा लिन पाएका छैनन् हाम्रो नेपाल को शिक्षा नीतिनिर्माता हरुले सात समुन्द्र पारिको शिक्षा निति तयार पारेर देश युवा विद्यार्थीहरुलाई बाहिरी देशको बिचार पड्न सिकाईयो अब नेपाली माटोको बिचार र ब्यक्ति निर्माण बाट राष्ट्र निर्माण को परिकल्पना सहितको शिक्षा निति आवश्यक देखिन्छ ।
उहाँ अहिले प्राज्ञिक बिद्यार्थी परिषद्,नेपाल कैलाली,कंचनपुर जिल्ला संगठन सचीव दाईत्व दायित्व बहन गरिरहनु भएको छ।।
प्रतिक्रिया