कैलालीः कैलालीको धनगढी उपमहानगरपालिका १३ मा गयराति आगलागी भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका १३ राजपुर स्थित बुधबार राती पौने १० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार धनगढी १३ राजपुर स्थित खडक ओलीको घर नजिकै रहेको परालको थुप्रोमा अचानक आगलागी भएको हो।
खवर प्राप्त हुनासाथ प्रहरी चौकी कैलालीगाँउबाट प्रहरी सहायक निरीक्षक बहादुर सिंह ऐरको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको थियो। साढे १० बजे प्रहरी, सशस्त्र प्रहरीबल, स्थानिय र दमकलको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको डिएसपी चन्दले बताए। उनले पुर्ण रुपमा आगो नियन्त्रणमा ल्याईएको बताउ।
तर भौतिक तथा मानविय क्षती केही नभएको जानकारी दिए।
प्रतिक्रिया