Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

धनगढीको हुलाकी सडकमा पनि स्मार्ट सडक बत्ती जडान हुने

अछाम टुडे by अछाम टुडे
मार्च 2, 2023
in समाज
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः हुलाकी राजमार्गको कैलाली खण्डमा ६९ किलोमिटर सडक स्तरवृद्धि हुँदैछ। धनगढी उपमहानगरपालिका क्षेत्रको ३ किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा ४ लेन सडक विस्तारको काम जारी छ।


हुलाकी राजमार्ग आयोजना कार्यालयले धनगढीमा तीन किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा स्मार्ट सडक बत्ती जडानका लागि प्रक्रिया सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडानका लागि आग्रह गरेको हुलाकी सडक योजना कार्यालयले बताएको छ।


हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सविन जोशीका अनुसार उपमहानगरपालिकाको आग्रहमा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार हुँदैछ। उनले भने, ‘स्मार्ट बत्तीका लागि मेयर साबले पेस गर्नु भएको थियो। हामीले पनि लागत स्टिमेट तयार गरेर बजेटको लागि माग गर्नुपर्ने हुन्छ। प्रक्रिया अगाडि बढाउदैछौँ।’


धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकदेखि मनहेरास्थित कालिका मन्दिर सम्मको ३ किलोमिटर सडकलाई ४ लेनसहित अन्य खण्डलाई दुई लेनमा विस्तार गरिदैँछ। चार लेन सडक क्षेत्रमा स्मार्ट सडक बत्ती जडानको प्रक्रिया सुरु भएको हो।


नेपाल विद्युत प्राधिकरणको सहयोगमा हुलाकी सडक योजना कार्यालय, धनगढीले डिपीआर तयार पारेर बत्ती जडान गर्ने बताएको छ। हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख जोशीले भने, ‘स्मार्ट लाइटमा दररेटका लागि हामीलाई जानकारी हुँदैन। हामी विद्युतका विज्ञ होइनौँ। विद्युत प्राधिकरणबाट सहयोग मागेर गरौला भनेका छौँ।’ उनका अनुसार धनगढीको चार लेन र टीकापुर तथा लम्की क्षेत्रमासमेत स्मार्ट सडक बत्ती जडान गर्न प्रक्रिया थालिएको हो।


सहरी क्षेत्र तथा चार लेन सडक निर्माण भएको क्षेत्रमा बत्ती जडानका लागि डिपिआर तयार हुने भएको हो। हुलाकी सडक योजना कार्यालयले डिपिआर तयार गरेपछि संघीय सरकारसँग बजेट माग गर्नेछ। संघीय सरकारले बजेट दिएपछि हुलाकी सडकले नै स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता गर्ने भएको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले ६ महिना अगाडिबाट प्रक्रिया थालेको बताए। हुलाकी सडकको धनगढी कार्यालय र हुलाकी राजमार्ग निर्देशनालयमा पत्र पठाएको उनले बताए। उनले भने, ‘उहाँँहरुले टेण्डर गर्दा बत्ती थिएन्। सडक चार लेनको बन्दैछ। हाइ स्पिड सडक हुन्छ। दुर्घटनाका कारण धन जनको क्षति हुने भएकाले स्मार्ट लाइट आवश्यक छ। सुरक्षा र सौन्दर्यका लागि पनि बत्ती आवश्यक छ।’ नगर प्रमुख हमालका अनुसार सडक बत्ती र साइकल लेनका लागि निवेदन पेश गरिएको हो।

धनगढीदेखि बसन्तासम्मको २८ किलोमिटर र बसन्तादेखि सत्तीसम्मको बाँकी १३ किलोमिटर, लम्की–टीकापुर–सत्ती २८ किलोमिटर सडक खण्ड २ लेनमा स्तरवृद्धि हुँदैछ। लम्की–टीकापुर सडकखण्डको २ किलोमिटर क्षेत्रमा भने सहरी विकासले सडक निर्माण गर्दैछ।

Previous Post

जलवायु परिवर्तनको असर: वर्षा र सुख्खा यामको दुरी बढ्दै

Next Post

बुधबार राति कैलालीको धनगढी १३ मा आगलागी

Next Post

बुधबार राति कैलालीको धनगढी १३ मा आगलागी

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In