कञ्चनपुरः कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो। आँपमा पुस महिनामै फुल फुल्यो। आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोगकिराको समस्या अत्यधिक देखियो। यी सबै कार्य जलावायुमा परिवर्तनका कारण भएका जनाइएको छ।
जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनास, खेती प्रणालीमा गरिएको परिवर्तन, दु्रत सहरीकरणसँगै प्रदूषणको कारणले जलवायु परिवर्नन आएको बताउछन्। “जलवायु परिवर्तनले बाली चक्रको पात्रोमै परिवर्तन गरिदिँदा हुस्सु मङ्सिर महिनाको अन्तिम र माघ महिनामा लाग्दथ्यो”, उनले भने, “कात्तिक महिनामै हुस्सु लाग्न थालेको छ, आँपमा फागुन, चैत महिनामा फूल लाग्ने गरेकोमा पुस महिनामै फूल लाग्न थालेको छ।”
ढिलो गरी अत्यधिक वर्षा हुनु, हिउँदमा समयअघि नै चिसो बढनु, वन जङ्गल क्षेत्रमा मिचाहा प्रजातिका विरुवा प्रशस्त रुपमा देखिनु, पशुमा नयाँ रोग देखा पर्नु जलवायु परिवर्तनको असर भएको उनले भने, “ वर्षा र सुख्खा यामको दुरी बढदै गयरहेको छ”, उनले भने, “जसले गर्दा विगतको तुनलामँ तापक्रम बढ्दो छ।
उनका अनुसार खेतवारीमा पहिला झारपातको धेरै समस्या हुने गरेको थिएन। हाल झारपातसँगै नयाँ रोग देखिन थालेका छन्, जति विषादीको प्रयोग गरे पनि रोग कीरा नियन्त्रण गर्न गाह्रो भएको छ। धानमा बाला नलाग्ने समस्या बल्झिँदै गएको छ। तापक्रम बढ्दै जाँदा बालीनालीको उत्पादन प्रभावित भएको उनको भनाइ छ।
यस कार्यले खाद्यान्न सङ्कटलाई निम्त्याउन सक्ने उहाँले उल्लेख गरे। “वर्षा हुने क्रममा आएको परिवर्तन चुनौतीका रुपमा रहेको छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भने, “वर्षातका दिन घट्दै जान थालेका छन, औषत वर्षा कम हुने गरेको छ, एकैपटक धेरै वर्षा हुँदा बाढी, भुक्षय र डुबानको समस्या केही वर्षदेखि जटिल रुपमा देखिन थालेको छ।” अप्रत्यासित रुपमा हुने वर्षाले वर्षेनी धनजनको क्षतिलाई बढाउँदै लगेको उनले भने। वन क्षेत्रमा पहिला देखिने गरेका रैथाने प्रजातिका केही विरुवा अहिले देखा नपर्ने गरेको उनले बताए।
प्रतिक्रिया